झुक्काएर सुन बोकाएका पारस विमानस्थलमै समातिए

झुक्काएर सुन बोकाएका पारस विमानस्थलमै समातिए

दोहाबाट काठमाडौं आएका यात्रुलाई झुक्काएर सुन पठाएको आरोपमा पारस कार्की समातिएका छन् । झापा घर भएका कार्कीलाई आज हिमालय एअरलाइन्सको उडानमा दोहाबाट काठमाडौं आउने क्रममा अध्यागमनमा नियन्त्रणमा लिइएको बताइन्छ । 

११८८२८६२ नम्बरको पासपोर्ट बोकेका २२ वर्षे कार्कीले रञ्जिता कार्कीलाई झुक्याएर नेपालमा सुन पठाएको आरोपमा यसअघि मुद्दा परेको थियो । सोही मुद्दाको निम्ति  अध्यागमनले नियन्त्रणमा लिएर भन्सार कार्यालयलाई बुझाएको हो ।

भन्सार कार्यालयले आवश्यक कारबाहीको निम्ति उनलाई प्रहरीको जिम्मा लगाएपछि अहिले उनलाई गौशाला वृत्तमा राखिएको छ ।
 

टिप्पणीहरू