जनकपुरमा सहमति विपरीत मत खसालेपछि विवाद

जनकपुरमा सहमति विपरीत मत खसालेपछि विवाद

जनकपुरको एउटा मतदान केन्द्रमा विवाद भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदान गर्न वृद्ध तथा असक्त मतदातालाई सहयोगीका रूपमा घरपरिवारका सदस्य साथमा लैजाने सहमति विपरीत मत खसालिएको भन्दै विवाद निकालिएको छ ।

धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ को बटेश्वर गाउँपालिका १ स्थित लक्ष्मी मावि मतदान केन्द्रमा यसअघिको सहमति विपरीत मत खसालिएको भन्दै नेकपा एकीकृत समाजवादी र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको हो ।

एउटै सहयोगीले धेरै जनाको मत खसालेपछि विवाद भएको बताइन्छ । केहीबेर अवरुद्ध भएको मतदान अहिले पुनः सुचारु भएको छ ।
 

टिप्पणीहरू