कपिलवस्तुको शिवराज नगरपालिकामा कति मत खस्यो ?

कपिलवस्तुको शिवराज नगरपालिकामा कति मत खस्यो ?

-जिएम गुप्ता "मनिष"

आज प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन । मुलुकभर धमाधम मतदान भइरहेको छ । 

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–९ का तीन वटा मतदान केन्द्रमा मत हाल्ने क्रम जारी छ । 

सुन्दरीडाँडा विद्यालयमा कूल मतदाताको संख्या एक हजार ५५ रहेको छ । हालसम्म त्यहाँ २०७ महिला र २०७ पुरुष गरी जम्मा ४१४ मत खसेको छ । 

त्यस्तै, नेपाल राष्ट्रिय आधारभूत विद्यालय, भगवानपुरमा ६५३ महिला र ६१० पुरुष गरी एक हजार २५५ मतदाता रहेका छन् । 

अहिलेसम्म ४१७ मतदाताले मतदान गरिसकेको बताइएको छ । 

यता, शिवगढी आधारभूत विद्यालय, बिजगौरीमा जम्मा ४३५ मत खसेको छ । त्यहाँ कूल एक हजार ७११ मतदाता छन् ।

टिप्पणीहरू