ट्रकको ठक्करबाट मोटरसाइकल चालक बिते

ट्रकको ठक्करबाट मोटरसाइकल चालक बिते

ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको निधन भएको छ । राजधानीको चावहिलमा भएको दुर्घटनामा हेलम्बु गाउँपालिकाका २५ वर्षीय छिरिङ शेर्पाको ज्यान गएको हो ।

काठमाडौंको चाबहिलमा बा. १ ग २०८९ नम्बरको ट्रकले बा. ३९ प ११५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा शेर्पा गम्भीर घाइते भएका थिए । 

गम्भीर घाइते उनको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू