सडक दुर्घटनामा बहकिने मनका सञ्चालकको निधन

सडक दुर्घटनामा बहकिने मनका सञ्चालकको निधन

रेडियो कार्यक्रम बहकिने मनका सञ्चालक महावीर विश्वकर्माको सडक दुर्घटनामा निधन भएको छ ।

आज बिहान चितवनमा भएको दुर्घटनामा उनको ज्यान गएको बताइएको छ । राप्ती नगरपालिका ६ हर्दीचोकमा भुस लोड गरेको तर बिग्रेर रोकिराखेको ना.२ ख ८५२२ नम्बरको ट्रकको पछाडि माइक्रो बस ठोक्किँदा उनको निधन भएको हो ।

लोथरबाट नारायणगढतर्फ गरहेको बा.४ख ४१२ नम्बरको माइक्रो बसमा सवार विश्वकर्माको निधन भएको जनाइएको छ ।

दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । उनीहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । विकको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा आयुष लो तामाङ, शंकर चौधरी, उज्वल मैनाली, जवारीलाल विक, र धादिङ रोराङ ५ का कुशल बिसुराल घाइते भएका छन् ।

टिप्पणीहरू