मकवानपुरमा बिरोध या महेश : रुखको भोट घण्टीमा

मकवानपुरमा बिरोध या महेश : रुखको भोट घण्टीमा

-शिवकुमार काशी 

मतगणनाको पछिल्लो विवरणले मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका विरोध खतिवडाको अवस्थालाई ‘के,कसो हो ?’ भन्ने ठाउँमा पुर्याएको छ । त्यहाँबाट घण्टी चिन्ह लिएर उठेका पुराना काँग्रेसीलाई अधिकांश काँग्रेसीले मतदान गरेपछि गठबन्धनका उम्मेदवार खतिवडा अहिलेसम्म पछाडि परेका छन् ।

विशेषगरी राजमार्ग वरिपरिको मनहरी क्षेत्रबाट काँग्रेस मतदाताले कलम चिन्हमा मतदान गरेको देखिएन । तर,थाहा नगरपालिका क्षेत्रको मतगणना हुन बाँकी रहेकाले खतिवडाको अवस्था अहिले नै खस्कियो भन्न नमिल्ने एकीकृत समाजवादी मकवानपुरका नेताहरुले बताएका छन् । 

‘उत्तरी क्षेत्रका दामन,टिष्टुङ र पालुङ क्षेत्रको भोट गन्न बाँकी छ,’ उनीहरुले बताए, ‘माओवादी प्रभावित क्षेत्र भएकाले र सो क्षेत्रबाट माओवादीका प्रदेश सभा उम्मेदवार रहेकाले उनको अवस्था अझै सम्भावनायुक्त नै देखिन्छ ।’ 

कुलेखानी क्षेत्रको स्थानीय तह निर्वाचनमा एमाले विजयी भएको थियो । तर थाहामा माओवादीले बाजी मारेको छ । तल्लो बेल्टबाट काँग्रेसी मतदाताले गरेको घात उत्तरी क्षेत्रका मतदाताले भरपुर्ताल गर्ने एकीकृत समाजवादी र माओवादीहरुको विश्वास छ ।

टिप्पणीहरू