नर्भिकमा ५५ वर्षकी महिलाले टेष्टट्युब बेबी जन्माइन्
ललितपुरकी ५५ वर्षीया महिला टेष्टट्युब बेबी पद्धतिबाट आमा बनेकी छन् । नर्भिक आइभिएफ सेन्टरमा एक वर्षको उपचारपछि ललितपुरकी विमला रजक स्वस्थ सन्तानलाई जन्म दिन सफल भएकी हुन् । शल्यक्रियामार्फत गत शनिबार बच्चा जन्माइएको हो । हाल बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
नर्भिक आइभिएफ सेन्टरकी वरिष्ठ टेष्टट्युब बेबी विशेषज्ञ डा. नुतन शर्माले आइभिएफको उच्च जोखिम व्यवस्थापन र उत्कृष्ट उपचार प्रक्रियाबाट सहजै रुपमा आइभिएफमार्फत उक्त उमेरकी महिलालाई आमा बनाउन आफूहरु सफल भएको बताएकी छन् ।
‘३० वर्षीय छोराको आकस्मिक निधनपछि विक्षिप्त बनेको हाम्रो परिवारमा २७ वर्षपछि छोराको रुपमा अर्काे सन्तान आउँदा खुशीको सीमा छैन,’ आमा विमलाले भनिन् ।
नर्भिक आइभिएफमा उपचारका लागि श्रीमानसँगै पुगेकी विमलाले पहिलो प्रयासम उक्त पद्धतिबाट सन्तान जन्माउन सफल भएको डा. शर्माले जानकारी दिइन् । श्रीमतीको उमेर ५५ वर्ष र श्रीमानको उमेर ६८ वर्षको छ ।
टिप्पणीहरू