विनोद चौधरीको निर्वाचन क्षेत्रमा युवकको हत्या

विनोद चौधरीको निर्वाचन क्षेत्रमा युवकको हत्या

पश्चिम नवलपरासी क्षेत्र नम्बर १ को मतगणनास्थल बर्दघाट नगरपालिका नजिकै एक युवकको खुकुरी प्रहारबाट हत्या गरिएको छ । नजिकै एक महिला घाइते भएकी छन् ।

मृतक,घाइते र खुकुरी हान्नेको पहिचान खुलेको छैन । इलाका प्रहरी कार्यालय,बर्दघाटका अनुसार खुकुरी प्रहार गरिएका करिब ४५ वर्षका ती युवकको घटनास्थलमै मृत्यु भएको छ । गम्भीर अवस्थामा रहेकी घाइते महिलालाई उपचारको निम्ति अस्पताल पठाइएको छ ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । घटनास्थलमा गैंडाकोट लेखिएका केही कार्ड भेटिएका छन् । मतगणनास्थलबाट करिब एक सय मीटरको दूरीमा सो घटना भएको हो ।

टिप्पणीहरू