नेपाली सैन्य टोली सिरियातर्फ

नेपाली सैन्य टोली सिरियातर्फ

संयुक्त राष्ट्र संघको डिसइन्गेजमेन्ट अब्जर्बर फोर्स (युएनडिओएफ) सिरियामा तैनाथ नेपाली शान्ति सैनिक परिवर्तन भएको छ । उक्त मिसनका लागि काठमाडौंबाट २०३ जना सैनिकको टोली आज प्रस्थान गरेको छ । 

उनीहरू नेपाल वायुसेवा निगमको एयर बस ए–३३० बाट त्यसतर्फ गएको नेपाली सेनाले जनाएको छ । सिरियामा तैनाथ फोर्स हेडक्वार्टर सपोर्ट युनिट (शान्ति सेना) १० औं डफ्फा, मेकनाईज्ड ईन्फेन्ट्री गुल्म (शान्ति सेना) पाँचौं डफ्फा, इञ्जिनियर से.मु. (शान्ति सेना) छैठौं डफ्फा र लेवल १ अस्पताल (शान्ति सेना) तेस्रो डफ्फाको ठाउँमा बदली गर्न टोली गएको हो । 

फोर्स हेडक्वार्टर सपोर्ट युनिट (शान्ति सेना) ११ औं डफ्फा, मेकनाइज्ड इन्फेन्ट्री गुल्म (शान्ति सेना) छैठौं डफ्फा, इञ्जिनियर से.मु. (शान्ति सेना) सातौं डफ्फा र श्री लेवल १ अस्पताल (शान्ति सेना) चौथो डफ्फाको अन्तिम टोलीका २०३ जना सेनानी किशोर खड्काको नेतृत्वमा गएका हुन् । 

उताबाट २१६ जना नेपाली शान्ति सैनिकको टोली प्रमुख सेनानी देवेन्द्र खड्काको नेतृत्वमा आजै स्वदेश आउँदैछ ।

टिप्पणीहरू