‘भूमिहीनको तथ्याङ्क उपलब्ध गराइयोस्’

‘भूमिहीनको तथ्याङ्क उपलब्ध गराइयोस्’

बागमती किनारमा रहेका सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुका बारेमा सम्पूर्ण सूचना उपलब्ध गराउने माग गर्दै अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिमा निवेदन दर्ता गरिएको छ ।

अधिवक्ता राजुप्रसाद चापागाईँले सुकुम्बासी परिवारहरुको बारेमा सम्पूर्ण सूचना उपलब्ध गराइदिन माग गर्दै निवेदन दिएका हुन् । समितिको कार्य क्षेत्रभित्र पर्ने बागमती किनारलगायतका स्थानमा के कति संख्यामा भूमिहीन सुकुम्बासी परिवारको बसोबास छ ? त्यस्ता परिवारमध्ये कुनै विकल्प नभएका तथा उठीबास लगाउँदा आवासविहिनको जोखिममा पर्ने परिवारको संख्या कति छ ? यसको विवरण शीघ्र उपलब्ध गराउन उनले भनेका हुन् ।

त्यस्तै, उनले आवासम्बन्धी ऐनको दफा ५ को उपदफा (५) बमोजिम विस्थापनको समयमा विशेष ध्यान दिनुपर्ने समूह ‘ज्येष्ठ नागरिक, बिरामी, अपाङ्गता भएका व्यक्ति, बालबालिका, असहाय, अशक्त, गर्भवती महिला’ को विवरण पनि मागेका छन् । 

भूमिहीनको पक्षमा वकालत गर्दै अधिवक्ता चापागाईंले आफूसहित अन्य संघसंस्थाले सुकुम्बासी परिवारलाई बासस्थानबाट विस्थापन नगर्न, नगराउन परमादेश माग्दै दायर गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको स्मरण गराएका छन् ।

टिप्पणीहरू