जबरजस्ती करणी र डाँका मुद्दामा फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणी र डाँका मुद्दामा फरार प्रतिवादी पक्राउ

झापाबाट जबरजस्ती करणी र डाँका मुद्दामा फरार ७७ वर्षीय वृद्वलाई प्रहरीले  पक्राउ गरेकोे छ ।

विगत १२ वर्षदेखि फरार कन्काई नगरपालिका वडा नम्बर ४ का ७७ वर्षीय धनपति ढुंगानालाई प्रहरीले पक्राउ गरेको हो ।

झापा जिल्ला अदालतको मिति २०६७ साल पुस १३ गतेको फैसलाअनुसार उनलाई छ वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना तोकेको छ । 

फैसलालगत्तै फरार उनलाई प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनको निम्ति जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ जिल्ला कारागार कार्यालय झापा पठाइएको छ ।

टिप्पणीहरू