मागेको पैसाले चुनाव लडेका रविन्द्र मिश्रलाई साढे आठ लाख फाइदा

मागेको पैसाले चुनाव लडेका रविन्द्र मिश्रलाई साढे आठ लाख फाइदा

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रविन्द्र मिश्रले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । पूर्वपञ्चहरुको पार्टी राप्रपाबाट उम्मेदवारी दिएका उनले चुनावमा लागेको खर्चको हिसाब सार्वजनिक गरेका हुन् । 

आज विज्ञप्ति जारी गर्दै उनले निर्वाचनको क्रममा २४ लाख ४९ हजार ६०७ रुपैयाँ खर्च भएको जानकारी गराएका छन् । अघिल्लो पटक झैं यसपटक पनि आर्थिक सहयोग लिएरै निर्वाचनमा होमिएको उनले बताए ।

‘यसपटक पनि निर्वाचन लड्न मैले आर्थिक सहयोगका लागि सार्वजनिक अपिल गरेको थिएँ । निर्वाचन आयोगले तोकेको खर्च सीमा २५ लाख रुपैयाँको हाराहारीमा शुभेच्छुकबाट सहयोग प्राप्त भएपछि भिडियो सन्देशमार्फत थप आर्थिक सहयोग नगर्न आग्रह गरेको थिएँ’, उनले भनेका छन् । 

उनकाअनुसार कूल ३३ लाख रुपैयाँ सहयोग जम्मा भएको थियो । चुनावमा खर्च गरेर बाँकी रहेको आठ लाख ५० हजार रुपैयाँ ‘काठमाडौं क्षेत्र नम्बर १ सरोकार कोष’ मा राखिने उनले उल्लेख गरेका छन् ।

टिप्पणीहरू