पहिरोमा पुरिएर ३३ जनाको ज्यान गयो
कोलम्बियाको पहिरोमा पुरिएर ३३ जनाको ज्यान जानुका साथै ९ जनालाई जीवितै उध्दार गरिएको छ।
उध्दार गरिएकामध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइन्छ ।
यो साताको प्रारम्भमा राजमार्गमा पहिरो खस्दा यात्रीबाहक बस, मोटरसाइकललगायत सवारी साधन पुरिएका तथा तिनमा यात्रारत तीन जना बालबालिकासहित ३३ जनाको ज्यान गएको आन्तरिक मामिलामन्त्री अल्फोन्सो प्राडाले बताएका छन् ।
टिप्पणीहरू