हिउँदको खोलामा ८५ वर्षका बृध्द डुबे

हिउँदको खोलामा ८५ वर्षका बृध्द  डुबे

मकवानपुरमा ८५ वर्षीय बृध्द मृत फेला परेका छन् । राक्सिराङ गाउँपालिका २ स्थित चुर्लिङ खोलामा डुबेको अवस्थामा ८५ वर्षीय मेक्सो मुक्तानको शव फेला परेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । 

मेक्सोलाई पानीमा डुबेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरिएको थियो । शवलाई पोष्टमार्टमको निम्ति हेटौँडा लैजान लागिएको इलाका प्रहरी कार्यालय मनहरीका निरीक्षक कृष्णप्रसाद ढकालले जानकारी दिए ।

मुक्तानको मृत्युको कारण खुलेको छैन ।

टिप्पणीहरू