कन्टेनरले ठक्कर दिँदा स्कुटर चालक बिते

कन्टेनरले ठक्कर दिँदा स्कुटर चालक बिते

काठमाडौंको हलचोकस्थित चक्रपथमा कन्टेनरले स्कुरलाई ठक्कर दिँदा स्कुटर चालको निधन भएको छ । स्वयम्भू पछाडिको चक्रपथमा सीतापाइलाबाट बालाजुतर्फ जाँदै गरेको कन्टेनरले अगाडि रहेको स्कुटरलाई ठक्कर दिएको बताइएको छ । 

हेटौंडा १५ का ३२ वर्षे सन्तोषबहादुर थिङले चलाएको ग.२ ख ६१० नम्बरको कन्टेनरले सोही दिशातर्फ जाँदै गरेको बा. ५७–०२–०२२प १८ १२ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्कर पछि गम्भीर घाइते भएका स्कुटर चालक ४५ वर्षे सुवास खतिवडालाई शिक्षण अस्पताल पुर्याइएको थियो ।

वीरगञ्ज ११ का खतिवडाको उपचारको क्रममा दिउँसो २ बजेको समयमा निधन भएको बताइएको छ । कन्टेनर, त्यसका चालक र स्कुटरलाई प्रहरी वृत्त स्वयम्भूले नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू