धरानमा धनमालको ठूलो क्षति

धरानमा धनमालको ठूलो क्षति

हिजो राती धरान-१८ बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानअगाडि महेश तामाङ्गको घरमा रहेको होटल र तीन औषधी पसलमा आगलागीले ठूलो क्षति पुर्याएको छ ।

आगलागीबाट २ करोड ५० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

मीनु बान्तवाले सन्चालन गरेकोे होटलको ३० लाख रुपैयाँ,लक्ष्मण खड्काको निको ट्रेड सप्लायर्स र निको मेडिकल पसलको १ करोड २० लाख रुपैयाँ,अरुण साहको फ्रेन्डस फार्मेसीको ९० लाख रुपैयाँ बराबरको औषधीमा क्षति पुगेको प्रहरीको भनाइ छ ।

धरान उपमहानगरपालिकाका दुइटा दमकलले आगो नियन्त्रण गर्न नसकेपछि इटहरी र बराहक्षेत्रबाट पनि दमकल बोलाइएको बताइन्छ।

राति करिब साढे ९ बजेदेखि लागेको आगो नियन्त्रण गर्न ८ वटा दमकललाई करिब तीन घण्टा लागेको थियो ।

प्रहरीले विद्युत सर्ट भएर आगोलागी भएको आशंका गरेको छ ।

टिप्पणीहरू