यौटै जिल्लामा सांसद १४,समानुपातिक ८

यौटै जिल्लामा सांसद १४,समानुपातिक ८

हालै सम्पन्न आमनिर्वाचन क्रममा समानुपातिकतर्फ बागलुङ जिल्लाले आठ जना सांसद पाएको छ । प्रतिनिधि सभामा एक र गण्डकी प्रदेशमा सात जना गरेर आठ पुगेको छ ।

तीमध्ये नेपाल कम्युनिष्ट पार्टी एमालेबाट प्रतिनिधि सभामा एक र गण्डकी प्रदेश सभामा चार जना छानिएका छन् । एमालेले प्रतिनिधि सभातर्फ प्रभु ग्रुपका अध्यक्ष देवी भट्टचनलाई जनजाति कोटाबाट सांसद बनाएको छ ।

सोही पार्टीका पोलिटब्युरो सदस्य लीलबहादुर थापा, केन्द्रीय सदस्य गोविन्द नेपाली,एमाले गण्डकी प्रदेश सचिवालय सदस्य कृष्ण पाठक,एमाले सचिवालय सदस्य बिनाकुमारी थापा भने गण्डकी प्रदेश सभामा समानुपातिक सांसद बन्ने निश्चित छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पूर्व सांसद चम्पादेवी खड्का र दिलमाया रामदाम एवम् नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य कुसुम बुढाको नाम पनि ती पार्टीले निर्वाचन आयोगमा बुझाएको पत्रमा उल्लेख छ ।

निर्वाचन आयोगले राजनीतिक दलहरुसङ्ग समानुपातिक सूचीमा भएका उम्मेदवारको नाम मागेपछि हिजो नाम फाइनल भएको हो ।

प्रतिनिधि सभाका दुई वटा र प्रदेश सभाका चार वटा निर्वाचन क्षेत्रबाट बागलुङ जिल्लामा छ जना निर्वाचित भइसकेका छन् । अब समानुपातिकका आठ जना थपिएपछि सांसद संख्या १४ पुगेको छ ।

टिप्पणीहरू