भारतले समुन्द्रमा बनायो ठाडो लिफ्ट ब्रिज

भारतले समुन्द्रमा बनायो ठाडो लिफ्ट ब्रिज

भारतको पहिलो ठाडो लिफ्ट ब्रिजको निर्माण कार्य लगभग सकिएको छ । पुलले दक्षिणको पम्बन टापुमा रहेको रामेश्वरम र भारतको मुख्य भूमिलाई  जोड्नुका साथै पुरानो पम्बन पुललाई प्रतिस्थापन गर्ने छ । 

सन् २०२० को फेब्रुअरीमा बनाउन थालिएको पुलमा ७२ मीटरको ठाडो लिफ्ट स्प्यान राखिएको छ । उक्त लिफ्ट स्प्यानलाई १७ मीटरको उचाइसम्म उठाउन सकिने भएकाले सजिलैसँग वाटरक्राफ्ट यात्रा गर्न सकिने छ ।

भारतीय रेल्वेका अनुसार सो क्षेत्रमा अहिले ट्र्याक बिछ्याउने काम भइरहेको छ । भर्टिकल लिफ्ट स्प्यान गर्डरको निर्माण पनि अन्तिम चरणमा पुगेको छ । पुलको कूल लम्बाइ करिब २.०७८ किलोमिटर छ । पुल निर्माणमा दुई अर्ब ७९ करोड ६३ लाख खर्च हुने अनुमान छ ।

पुरानो पुलमा रोलिङ लिफ्ट प्रविधि रहेकाले पुल तेर्सो रूपमा खुल्छ । तर नयाँ पुल डेकको ठाडो भएर समानान्तर रुपमा उठ्नेछ । यसका लागि प्रत्येक छेउमा विशेष सेन्सर प्रयोग गरिएको बताइन्छ ।

नयाँ पुलले पहिलेको तुलनामा धेरै भार बोक्न सक्नुका साथै छिटो खुल्ने र बन्द हुने प्रविधि जडान गरिएको इण्डिया न्यूज नेटवर्कले जनाएको छ ।

टिप्पणीहरू