श्रीमतीको आँखा फुटाएर श्रीमान फरार

श्रीमतीको आँखा फुटाएर श्रीमान फरार

१६ दिने लैङ्गिक हिंसा विरुध्दको अभियानमा पनि महिलाहरुमाथि अनेक किसिमका हिंसा हुने क्रम रोकिएन । भारतमा मजदुरी गर्दै आएका एक जना नेपाली यसबीच श्रीमतीको आँखा फुटाएर फरार भएका छन् ।

बैंगलोरमा मजदुरी गरिरहेका श्रीमानले श्रीमतीको आँखा फुटाएका हुन् । दैलेखको महावु गाउँपालिका ४ निवासी प्रेम सिंह श्रीमती मनिषाको आँखा फुटाएर बेपत्ता भएका छन् ।

अस्ति बेलुकी घरमा बसिरहेको बेला मादक पदार्थ सेवन गरेर एकाएक मुक्का प्रहार गर्दा आँखाको नानी फुटेको सोही गाउँपालिकाको ४ नम्बर वडा घर भई हाल भारतमा मजदुरी गर्दै आएका सुमन सिहंले बताए ।

‘मलाई बिहे गरेको पाँच महिना पछिदेखि नै कुटपिट गर्न थाले । पहिला पिटेर एउटा करङ्गसमेत भाँचिदिए,सहेर बसेँ । फेरि,हात भाँचिदिए र अहिले मेरो आँखा नै फुटाएर भागेका छन् । तीन वटा बच्चा छन्,एउटा छोरा अपाङ्ग छ,’ मनिषाले रुँदै भनिन् ।

भारतीय पुलिसले यसरी सताउने पतिमाथि केही नगरेको मनिषाको दुःखेसो छ । पहिलेका घटनामा पनि नेपाल पठाउन सक्दिन र उपचार खर्च पनि छैन भन्ने जवाफ दिएपछि उनले हारगुहार गरेकी थिइन् । अहिले मनिषाले श्रीमानलाई न्यायालयसम्म पुर्याइदिन सबैको साथ खोजेकी छन् ।

टिप्पणीहरू