जनकपुरलाई काम गर्ने मान्छे चाहियो

जनकपुरलाई काम गर्ने मान्छे चाहियो

जनकपुरधाम उपमहानगरले एकैचोटी ठूलो संख्यामा कर्मचारी माग गरेको छ । उपमहानगरले सिभिल इन्जिनियर, सब इन्जिनियर, चालक, नगर प्रहरी, चौकीदार, माली, सहायक कम्प्युटर अपरेटर, फायर मेन, सिपाही, इलेक्ट्रीसियनलगायतका पदमा करारमा कर्मचारी मागेको हो ।
  

साथै, कृषि अधिकृत, पशु चिकित्सक, रोजगार संयोजक, सूचना प्रविधि अधिकृतलगायतका पदमा पनि कर्मचारी माग गरिएको छ । उपमहानगरले आज गोरखापत्रमा सूचना प्रकाशित गर्दै इच्छुक उमेदवारले १५ दिनभित्र आवदेन पेस गर्न सक्ने उल्लेख गरेको छ ।

टिप्पणीहरू