नारायणघाटबाट बाग्लुङ्ग जाँदै गरेको बस दुर्घटना, डेढ दर्जन घाइते

नारायणघाटबाट बाग्लुङ्ग जाँदै गरेको बस दुर्घटना, डेढ दर्जन घाइते

तनहुँको म्याग्दे गाउँपालिका–६ अकलामा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । आज दिउँसो नारायणघाटबाट बागलुङतर्फ जाँदै गरेको ग१ख ५५२५ नम्बरको बस अनियन्त्रित भई सडकको नालीमा पल्टिँदा १८ जना घाइते भएको जिल्ला प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए । 

चालक नरबहादुर लामासहित १८ जना घाइतेहरुको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू