कटारीमा जीप दुर्घटना, एकको मृत्यु

कटारीमा जीप दुर्घटना, एकको मृत्यु

उदयपुरको कटारीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते छन् । 

कटारी नगरपालिका १० मा आज भएको बलेरो जीप दुर्घटनामा गम्भीर घाइते भएका उदयपुरकै ताप्ली गाउँपालिका–१ का ६५ वर्षीय मीनबहादुर सार्कीको उपचारको निम्ति अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । अन्य घाइतेलाई उपचारार्थ कटारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रदेश २–०१–००१ च ००५० नम्बरको बोलेरो जीप अनियन्त्रित भएर सडकबाट करिब एक सय मिटर तल खसेको बताइन्छ । दुर्घटनापछि चालक आफ्नो नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ  ।

टिप्पणीहरू