एअर इण्डियाको चालक दलका सदस्यले कपाल रंगाउन नपाउने

एअर इण्डियाको चालक दलका सदस्यले कपाल रंगाउन नपाउने

एअर इण्डियाको नयाँ व्यवस्थापनले चालक दलका सदस्यको पोशाक र आवरणको निम्ति नयाँ मापदण्ड तोकेको छ । टाटा समूहले खरिद गरेपछि कम्पनीको छवि उँचो पार्न उक्त मापदण्ड तोकिएको बताइएको छ ।

चालक दलमा रहने महिला र पुरुष दुबैले पालना गर्नुपर्ने भन्दै नयाँ निर्देशका जारी गरिएको छ । एअर इण्डिया चालक दलका सदस्यको आवरण र व्यवहारलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरुपको बनाउन नयाँ नियम बनाइएको हो ।अबदेखि महिला वा पुरुष चालक दलका सदस्यहरुले कपालमा कालो बाहेक अन्य रंग लगाउन पाउने छैनन् । पुरुषले दाह्री राख्न नपाइने र सकेसम्म दिनहुँ दाह्री काटेर गाला चिल्लो राख्नुपर्ने छ ।  

परम्परागत पोशाकबाहेक तोकिएका अन्य पोशाक लगाउँदा घाँटीमा केही पनि नलेखिएको सादा बो टाई लगाउन पाइन्छ भने टाई लगाउँदा टाइपिन प्रयोग गर्न पाइनेछैन । पुरुष टोलीले उडानका सबै चरणमा कालो ज्याकेट लगाउनु पर्नेछ । 

गहनाको हकमा पुरुषहरूले एउटा औंठी वा शिख कर्मचारीको हकमा सादा बाला लगाउन पाउनेछन् । सानो चौडाइको सुन वा चाँदीमा कुनै डिजाइन वा लोगो नलेखिएको हुनुपर्छ भने ब्रेसलेटहरू लगाउन पाइने छैन । महिला चालक दलका सदस्यले कानमा सामान्य खालका गहना लगाउन पाउने छन् । तर परम्परागत र ठूला झुम्का तथा गहनामाथि प्रतिबन्ध लगाइएको छ । उनीहरुले मोतीका गहना पनि लगाउन पाउँदैनन् ।

महिला चालक दलका सदस्यले तोकिएको मेकअप र पोशाकसँगै मिल्दो नङ पालिश भने लगाउन पाउने छन् ।

टिप्पणीहरू