छिमेकमा श्रीमतीबाट पिटिने पतिको संख्या त कति हो कति !

छिमेकमा श्रीमतीबाट पिटिने पतिको संख्या त कति हो कति !

हामीले श्रीमानले श्रीमती कुटेको धेरै घटना सुनेका छौं । तर,श्रीमतीले श्रीमान कुटेकोवारे भने सायदै धेरैलाई थाहा होला । नेपालमा यस्ता एकाध घटना मात्र बाहिर आउने गर्छ । 

तर,छिमेकी भारत श्रीमान पिटिने तेस्रो मुलुकमा परेको छ । भारतीय महिलाहरु श्रीमान कुट्नमा तेस्रो नम्बरमा आएका छन् । यूएनले गरेको एक अध्ययनअनुसार भारतीय महिलाहरु श्रीमान कुट्नमा कहलिन थालेका  छन् । 

यहाँका लाखौं पुरुष घरेलु हिंसाको शिकार भएको बताइन्छ । श्रीमतीले श्रीमानलाई बेल्ना,बेल्ट, जुत्ता र किचनको अन्य सामानले पिट्ने गरेको राजस्थान पत्रिकाले लेखेको समाचारमा उल्लेख छ । 

भारतमा श्रीमतीको हिंसा निरन्तर बढ्दै गएको छ । युएनले गरेको अध्ययनले भारतीयहरुको समेत होश उडाएको छ । यो अध्ययन सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ ।

एक जनाले लेखेका छन्,‘यो हाम्रो समाजमा भइरहेको तीतो सत्य हो । पुरुषमाथि हुने हिंसाको कहिले पनि आवाज उठ्दैन । पुरुषलाई हकअधिकार दिनुपर्ने बेला भइसकेको छ, किन कि पुरुषहरु महिलादेखि निकै पीडित छन् । पछिल्लो समय पुरुषले महिलाप्रति निकै सहानुभूति देखाउन थालेका छन् ।’

युएनले गरेको अध्ययनअनुसार श्रीमान कुट्नेमा इजिप्ट पहिलो, युके दोस्रो र भारत तेस्रो नम्बरमा आँउछ ।

टिप्पणीहरू