कुकुर र बिरालो समात्नेतिर गयो काठमाडौँ महानगर

कुकुर र बिरालो समात्नेतिर गयो काठमाडौँ महानगर

काठमाडौँ महानगरपालिकाले कुकुर तथा बिरालोलाई बन्ध्याकरण र भ्याक्सिनेशन गर्न इच्छुक संघसंस्थालाई आह्वान गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै महानगरले इच्छुक संघसंस्थालाई ७ दिनभित्र खाद्य गुणस्तर नियमन तथा पशुपन्छी महाशाखामा सम्पर्क गर्न आग्रहसमेत गरेको छ । 

बन्ध्याकरण र खोप भ्याक्सिनको दर २ हजार ५ सय र खोप भ्याक्सिनको मात्र २ सय प्रतिगोटा रहेको जनाइएको छ । इच्छुक संघसंस्थाले सेल्टर र बन्ध्याकरण गर्ने कक्ष भएको प्रमाण कागजात र सम्झौता भए त्यसको प्रतिलिपि,साधन तथा उपकरणको विवरण, संघसंस्था दर्ता तथा नवीकरण भएको प्रमाणपत्र,विधानको प्रतिलिपि,काठमाडौँ महानगरपालिकामा मौजुदा सूचिमा भएको पत्र,संस्थाले हालसम्म कुकुर र बिरालोको पोथी/भाले बन्ध्याकरण गरेको संख्या र कार्ययोजनासहितको विवरण बुझाउनपर्ने छ । 

यसैगरी, संस्थामा अनुभवी पशु चिकित्सक भएको प्रमाणपत्र, पशु ओसारपसार गर्न प्रयोग गरिने सवारीसाधनको ब्लुबुक तथा सम्झौता भए त्यसको प्रतिलिपि, कुकुर बिरालो समात्ने जनशक्ति तथा बन्ध्याकरण गर्ने जनशक्तिको अनुभव कार्यालयमा पेश गर्नुपर्ने महानगरको भनाई छ ।

टिप्पणीहरू