पहिले पनि,अहिले पनि यही दिन किन हुनु परेको यस्तो दुर्घटना ?

पहिले पनि,अहिले पनि यही दिन किन हुनु परेको यस्तो दुर्घटना ?

भोलि गुरुङ समुदायको विशेष पर्व ल्होसार । अर्कोतिर गाउँमै पुट्पुटे पनि (हिन्दूहरुको व्रतबन्धझैँ) । ग्रामीण सडक उस्तै असहज, त्यसमा टन्न सामानसहित १९ जना यात्रुले खचाखच भरिएको जीप आज गुडिरहेको थियो ।

गत साल पनि यसै समयमा विद्यालयले बच्चा लिएर ? मर्स्याङ्दी–८ भुस्मेमा रहेको पिस हिल जाने क्रममा बोलेरो जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको थियो । उक्त घटना थाहा हुँदाहुँदै गाउँमा चल्ने यस्ता निजी सवारी साधनका कारण चालक र सवारीधनीको पैसा कमाउने लोभमा अनाहक यात्रुहरूले ज्यान गुमाउनु परेको घटना दोहोरिएको छ ।

आज पनि सोही भुस्मे गाउँ जाने क्रममा ग.३ च ८३६१ नम्बरको निजी बोलेरो जीप दुर्घटना हुँदा सवार एक जनाको ज्यान गएको छ । आठ जना गम्भीर घाइते भएका छन् । 

सदरमुकाम बेसीशहरबाट भुस्मेतर्फ गएको उक्त जीप खुदीको सुरुङ्ग कट्नेबित्तिकैको उकालो मोडमा दुर्घटना भएको हो । अधिक भारका कारण तान्न नसकी गाडी पछाडि हट्दै जाँदा दुर्घटना भएको जनाइएको छ । 

फोर व्हिल भएर पनि उकालो चढ्न नसकेपछि दुर्घटना भएको प्रारम्भिक अनुमान छ । दुर्घटनामा मर्स्याङ्दी–८ की अन्दाजी ४५ वर्षिया दिपकाशी तामाङको ज्यान गएको छ । १८ वर्षकी उर्मिला गुरुङ र ३० की मनमाया तामाङ गम्भीर घाइते भएका छन् । अन्य घाइतेमा रिता गुरुङ,राज तामाङ,सीता गुरुङ,कुमारी गुरुङ, काशी तामाङ,हिमाल तामाङ छन् । 

जिल्ला अस्पताल लमजुङमा प्राथमिक उपचारपछि घाइते सबैलाई सिएमसी अस्पताल भरतपुरमा रेफर गरिएको छ । 

अञ्जनकुमार 

टिप्पणीहरू