अष्ट्रेलियामा दुई वटा हेलिकोप्टर ठोक्कियो, ४ को मृत्यु

अष्ट्रेलियामा दुई वटा हेलिकोप्टर ठोक्कियो, ४ को मृत्यु

अष्ट्रेलियाको गोल्ड कोस्टमा दुई वटा हेलिकोप्टर ठोक्किँदा चार जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् । 

दुर्घटनापछि एउटा हेलिकोप्टर समुन्द्री तटबाट केही फिट नजिकैको बालुवामाथि उत्तानो परेको  थियाे । दुर्घटनाग्रस्त हेलिकोप्टरका पंखाहरु निकै टाढा उछिट्टिएका थिए भने घटनास्थलमा तत्काल उद्दार टोली र प्रहरी परिचालन गरिएको छ ।

‘दुर्घटनाका कारण चार जनाले ज्यान गुमाएका छन् भने तीन जना गम्भीर छन्,’ क्विन्सल्यान्डका प्रहरी निरीक्षक ग्यारी वोरिलले भने । हेलिकोप्टर दुर्घटनावारे त्यहाँको यातायात सुरक्षा ब्युरोले अनुसन्धान थालेको छ । अनुसन्धानकर्ताहरुले दुर्घटनाग्रस्त हेलिकोप्टरको भग्नावशेषकोसमेत जाँच गरेका छन् ।

टिप्पणीहरू