रत्न राज्यलक्ष्मी क्याम्पसद्वारा तीन विद्यार्थी निस्कासित

रत्न राज्यलक्ष्मी क्याम्पसद्वारा तीन विद्यार्थी निस्कासित

हिंसात्मक गतिविधि गरेको आरोप लागेका तीन जना विद्यार्थीलाई रत्न राज्यलक्ष्मी क्याम्पसले निस्कासन गरेको छ । गत बुधबार अध्यापन भइरहेको समयमा क्याम्पस परिसरभित्र हिंसात्मक गतिविधि गरेर शैक्षिक वातावरणमा खलल पुर्याएको आरोपमा उनीहरुलाई क्याम्पसबाट निकालिएको बताइएको छ ।

क्याम्पसले जारी गरेको विज्ञप्तिमा उक्त घटनामा संलग्न विद्यार्थीहरु कृष्ण गिरी, सविन निरौला र जलप तामाङलाई क्याम्पसबाट निस्कासन गरिएको उल्लेख छ । अन्य संलग्न दोषीहरूलाई कारबाही अगाडि बढाउन प्रहरी प्रशासनसँग क्याम्पस प्रशासनले माग गरेको छ ।

टिप्पणीहरू