होटल अन्नपूर्णको बायाँ साइडका सवारी साधन हटाइँदै

होटल अन्नपूर्णको बायाँ साइडका सवारी साधन हटाइँदै

काठमाडौं महानगरपालिकाले दरबार्गस्थित होटल अन्नपूर्णको बायाँ साइडमा पार्किङ गर्न रोक लगाएको छ । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको कमाण्डमा खटिएको टोलीले उक्त स्थानमा सवारी साधन पार्किङ नगर्न माइकिङ गरेको छ ।

आज बिहान साढे ८ बजेदेखि महानगरको टोलीले माइकिङ गरेर होटलको बायाँ साइडमा पार्किङ नगर्न र गरेको खण्डमा सवारी साधन उठाउने चेतावनी दिएको छ । साथै,महानगरले जरिवाना पनि गराउने भएको छ । होटल अन्नपूर्णदेखि प्रहरी वृत्त, दरबारमार्गसम्म चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधनको पार्किङ हुँदै आइरहेको थियो । 

पछिल्लो समय महानगरले अभियान सञ्चालन गरेर जथाभावी पार्किङ नगर्न सुसूचित गराउँदै आएको छ ।

टिप्पणीहरू