सिराहा जिल्ला प्रशासनको तातो अभियान

सिराहा जिल्ला प्रशासनको तातो अभियान

केही दिनयता अन्यत्र झैँ मधेश प्रदेशमा पनि चिसो बढेको छ । कठ्याँङिग्रदो चिसोले जनजीवन कष्टकर बन्दै गएपछि सिराहामा जिल्ला प्रशासन कार्यालयले तातो अभियान थालेको छ ।

दैवी प्रकोप व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जाडो बढेलगतै स्थानीय तहहरूसँग समन्वय गरेर उक्त अभियान थालेका हुने । धुनीको निम्ति सशस्त्र प्रहरीको सक्रियतामा जिल्लाका प्रमुख चोकमा दाउराको व्यवस्थापन गरिएको छ ।

‘एक दुई दिनमा गरिब परिवारलाई कम्बल वितरण गर्दै छौँ,’ प्रमुख जिल्ला अधिकारी कवारीले भने । प्रकोप व्यस्थापन समितिमा सुरक्षा निकायका जिल्ला प्रमुख र स्थानीय तहका प्रतिनिधि सदस्य छन् । प्रकोप व्यवस्थापनको निम्ति सिराहाका स्थानीय तह सँधै उदासीन रहँदै आएको बताइन्छ ।

सशस्त्र प्रहरी बल सिराहाका सूचना अधिकारी डिएसपी नीलकमल आचार्यले चिसो बढेसँगै सार्वजानिक स्थानमा आगो ताप्न दाउराको व्यवस्थापन गर्न सशस्त्र प्रहरी जुटेको जानकारी दिए । सशस्त्रले लाहानका व्यस्त चोकहरूमा पनि धुनीको व्यवस्था गरेको छ ।

पुसमा बढ्दै गरेको जाडोले गर्भवती महिला, बालबालिका, बृद्वबृद्वा र दैनिक ज्यालादारीका मजदूरहरू बढी प्रभावित छन् । जाडोको विषयमा सिराहामा च्याउ झैँ उम्रिएका गैर सरकारी संस्थाहरू सबै चुपचाप देखिन्छन् ।

टिप्पणीहरू