मन्दिरको भेटी अबदेखि क्यूआर कोडमा
पाल्पाको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल भैरवनाथ मन्दिर परिसरमा माछापुच्छ्र्रे बैंकले क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले डिजिटल सेवा र सहज भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले मन्दिरमा क्युआर कोड सेवा शुरु गरेको हो ।
योसँगै अब मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुले क्युआर कोडको प्रयोगबाट भेटी चढाउन सक्नेछन् । साथै, उनीहरुले निःशुल्क क्युआर सेवा प्रयोग गर्न सक्ने बताइएको छ । रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्की र बैकका लुम्बिनी प्रदेश प्रमुख नारायण केसीले भैरवनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद पोखरेललाई अनौपचारिक कार्यक्रममा संयुक्त रुपमा क्यूआर कोड हस्तान्तरण गरेका हुन् । कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवि, व्यापारी, सर्वसाधारण एवम् बैंकका कर्मचारीहरुको उपस्थिति थियो ।
नगदको विकल्पका रुपमा नयाँ र प्रयोग गर्न सहज भएकाले क्युआर कोडको प्रयोग बढ्दै गएको सन्दर्भमा डिजिटल सेवालाई सुरक्षित र भरपर्दाे बनाउन ओटीपी पासवोर्डलगायत अन्य बैंकिङ्ग विवरण अरुसँग सेयर नगर्न पनि बैंकले अनुरोध गरेको छ ।
टिप्पणीहरू