चितवनका नदी किनारबाट दिनहुँ सवारी साधन नियन्त्रणमा

चितवनका नदी किनारबाट दिनहुँ सवारी साधन नियन्त्रणमा

चितवनमा आज पनि अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेका सवारी साधन नियन्त्रणमा लिइएको छ । आज २२५ ट्याक्टर बराबरको नदीजन्य पदार्थ नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको टोलीले रत्ननगर नगरपालिका ३ बाट २२५ ट्याक्टर नदीजन्य पदार्थ नियन्त्रणमा लिएको थियो । त्यसैगरी ना.५ त ७०१३, ना.६ त ९६६० र प्रदेश २–०३–००१ त २६२२ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

हिजो प्रहरीले एउटा जेसीबी, छ वटा ट्रिपर, दुई वटा ट्याक्टर र ६३१ घनमीटर नदीजन्य पदार्थ नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले खैरहनी ३ बाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा पक्रेको बताइएको छ ।

टिप्पणीहरू