चिसो बढेपछि भीमदत्तमा चार दिन बिदा
कञ्चनपुरको भीमदत्त नगरपालिकामा सञ्चालित शिक्षण संस्थाहरु चार दिन बन्द गर्ने निर्णय गरिएको छ । नगरपालिकाले अत्यधिक चिसो बढेकाले आजदेखि पुस २४ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई बिदा दिएपछि पठनपाठन बन्द भएको हो ।
चिसोका कारण शिक्षक तथा विद्यार्थीको स्वाथ्यमा प्रतिकूल असर पर्ने र पठनपाठनमासमेत कठिनाई उत्पन्न हुने बताउँदै नगरपालिकाले चार दिनका लागि नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गर्न अनुरोध गरेको छ ।
टिप्पणीहरू