राजदूतलाई लिन आधा दर्जन चिनियाँ कर्मचारी भीआइपीमा
नेपालका लागि चीनका नवनियुक्त राजदूत छन सोङ बिहान साढे ११ बजे आइपुग्ने भएका छन् । एअर चाइनाको नियमित उडान नम्बर सीए ४३७ बाट छेन्दु हुँदै काठमाडौं आइपुग्ने कार्यक्रम छ ।
परराष्ट्रका डेपुटी चीफ प्रोटोकोलसहित राजदूत छनको स्वागतमा दूतावासका आधा दर्जन कर्मचारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा पुग्ने तालिका छ । जनआस्थाले प्राप्त गरेको विवरणअनुसार आज बिहान ११ बजे विमानस्थल पुग्ने पदाधिकारीहरुमा काउन्सिलर तथा हिजोसम्मका कार्यवाहक राजदूत वाङ सिन,कमर्सियल हेर्ने सि यु,डिफेन्स एट्याची कर्णेल लिउ कोचङ,पोलिटिकल सेक्रेटरी यु पङचङ,प्रथम सचिव चाङ ख, नेपाली बोल्ने लिउ बोवेन र तृतीय सचिव लिउ चे पनि छन् ।
टिप्पणीहरू