डा.गोविन्द केसीले दिउँसै लाल्टिन बाले
बाँकेकी निर्मला कुर्मी बेपत्ता प्रकरणको छानबिन र दोषीलाई कारबाहीको माग गर्दै राजधानीको माइतीघर मण्डलामा आज एघारौं दिनको आन्दोलन थालिएको छ । महिला अधिकारकर्मी रुबी खानसहित सत्याग्रही डाक्टर गोविन्द केसीलगायतको टोलीले लालटिन बालेर प्रदर्शन गरेका हुन् ।
‘लालटिन बाल्दै न्याय खोज्दै’ नारासहित टोलीले माइतीघरमा पलेटी कसेका छन् । उनीहरुले चार बुँदे माग राखेर धर्ना जारी राखेका छन् । विधवा निर्मलाको अपहरण गरी शरीर बन्धन बनाएर हत्या गरिएको भन्दै धर्नाकारीले न्यायको माग गरेका हुन् । साथै, सीआईबीको अनुसन्धान एक वर्ष पूरा भएपनि अधुरै रहेको उनीहरुको आरोप छ ।
उनीहरुले निर्मला हत्याको घटनामा न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने, आयोगमार्फत कुर्मीको तमसुकमा भएको सहीछाप चेक गर्नुपर्ने, मुद्दालाई अदालतसम्म पुर्याउनुपर्ने र महिला आन्दोलनकारीलाई सुरक्षाको प्रत्याभूति दिलाउनुपर्नेलगायतका माग राखेका छन् ।
टिप्पणीहरू