रेड मर्क्युरीको नाममा करोडौँ मोलमोलाई, नौ जना पक्राउ

रेड मर्क्युरीको नाममा करोडौँ मोलमोलाई, नौ जना पक्राउ

रेड मर्क्युरी भन्दै करोडौँको मोलमोलाई गर्ने नौ जनालाई प्रहरीले पक्रेको छ । 

पक्राउ पर्नेमा काठमाडौँ १७ क्षेत्रपाटी घर भई हाल वडा नम्बर १६ बस्ने ३९ वर्षीय अख्तर हुसेन, धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ घर भई हाल काठमाडौँको नयाँबजार बस्ने ३८ वर्षीय राज मगर, रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्बर ५ घर भई हाल काठमाडौँको बालाजु बस्ने ३८ वर्षीय मिनबहादुर दर्जी हुन् । 

त्यसैगरी म्याग्दीको बेनी नगरपालिका वडा नम्बर २ महेशफाँट घर भएका २५ वर्षीय कृष्णकुमार परियार, प्युठानको नौबेरी गाउँपालिका वडा नम्बर ३ घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने ५१ वर्षीय गंगाबहादुर बुढा, बाग्लुङको जलजला गाउँपालिका वडा नम्बर ४ घर भई हाल काठमाडौँको नयाँ बसपार्क बस्ने ३८ वर्षीय संगम लामा र उदयपुरको गडी गाउँपालिका वडा नम्बर ५ केउरिनी घर भई हाल काठमाडौँको बसुन्धारा बस्ने ३९ वर्षीय बलजित विश्वकर्मालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।  

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई गोप्य सूचनाको आधारमा काठमाडौँको धुम्बाराहीबाट सामानसहित नियन्त्रणमा लिएको हो । सबै जनालाई थप अनुसन्धान तथा कारबाहीको निम्ति प्रहरी वृत्त, महाराजगञ्ज पठाइएको प्रहरीले जानकारी दिएको छ ।
 

टिप्पणीहरू