राजधानीमा अमेरिकी र नेपाली सेनाको संयुक्त अभ्यास

राजधानीमा अमेरिकी र नेपाली सेनाको संयुक्त अभ्यास

अमेरिकी र नेपाली सेनाले संयुक्त अभ्यास थालेका छन् । काठमाडौंको छाउनीस्थित महावीर योजना तथा समन्वय महाशाखामा दुई मुलुकका सेनाको संयुक्त अभ्यास ‘एक्स टिक नेल २३–३०११’ शुरु भएको जनाइएको छ ।  सेनाको विशेष फौजका बाहिनीपति सहायक रथी भुवन खत्रीको उपस्थितिमा संयुक्त अभ्यास थालिएको हो । उक्त अभ्यासमा नेपाली सेनाका ४५ जना तथा अमेरिकी सेनाका १९ जना छन् । 

आगामी माघ २० गतेसम्म सञ्चालन अभ्यासमा हाइ एंगल रेस्क्यु, कम्ब्याट सर्च एण्ड रेस्क्यु, एअरक्राफ्ट रेस्क्यु, हाई अल्टिच्युडत तथा अल्पाइन रेस्क्यु र स्विफ्ट वाटर रेस्क्यु विषय समावेश गरिएको छ । छाउनी र नगरकोट ईलाकामा सञ्चालन हुने उक्त अभ्यासको यो १२ औं संस्करण भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यस्तो अभ्यासबाट दुवै देशका विपद् व्यवस्थापन कार्यमा संलग्न रहने फौजमा जलउद्धार र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्धार सम्बन्धी ज्ञान तथा क्षमता अभिवृद्धि हुने सैनिक अधिकारीहरुले जनाएका छन् ।

टिप्पणीहरू