सेनाको केबलकार उध्दार अभ्यास सम्पन्न
चन्द्रागिरी हिल्स लिमिटेडसंग सहकार्य गरी नेपाली सेनाले सञ्चालन गरेको ‘केबलकार उध्दार अभ्यास’ समापन भएको छ । केबलकारसंग सम्बन्धित सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै लिमिटेडको सहकार्यमा सेनाले हिजो उक्त अभ्यास गरेको हो ।
अभ्यासमा विविध कारणले केबलकार रोकिन गई फसेका यात्रुहरुलाई ‘हाई लाइन रेस्क्यु’ तरिकाद्वारा सुरक्षित तवरले जमिनमा उतार्न सिकाइएको छ । सेनाका उध्दारकर्ता र लिमिटेडको उद्धार टोलीले आफूसंग रहेका सामानहरुको प्रयोगसहित अभ्यास गरेका थिए ।
अभ्यासमा नेपाली सेनाको तर्फबाट राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालय, नं.१ विपद् व्यवस्थापन गण तथा युद्धभैरव गणबाट अधिकृतसहितको टोलीले सहभागिता जनाएका थिए । त्यस्तै, विपद् व्यवस्थापन निर्देशक सहायक रथी पदमबहादुर बुढालगायत पनि अभ्यासमा उपस्थित थिए ।
यस किसिमको अभ्यासले केबलकारबाट हुने दुर्घटनामा कमी ल्याउने अपेक्षा गरिएको छ ।
टिप्पणीहरू