महिला जनप्रतिनिधिलाई तथानाम भन्ने वडाध्यक्ष प्रहरी खोरमा
पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जातीय विभेदजन्य गालीगलौज गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । महिला दलित महिला सदस्य मैया नेपालीमाथि जातीय विभेद गरेको उजुरी परेपछि प्रहरीले उनलाई आज पक्राउ गरेको हो । वडाध्यक्ष अधिकारीले पटक पटक आफूमाथि अमर्यादित व्यवहार गरेको मैयाकोे आरोप छ ।
गत पुस १८ गते लक्षित समूहका लागि छुट्याएको बजेट कार्यान्वयनको निम्ति आयोजित महिलाहरुको भेलामा वडाध्यक्ष अधिकारीले अपशब्द प्रयोग गर्दै मियालाई गाली गरेका थिए । ‘वडाको बजेटमा दमै, कामी, सार्कीले सिनो लुछेको जस्तै गरी लुछ्न खोज्छेस् ?’ भनि सार्वजनिक कार्यक्रममै अधिकारीले जातीय विभेद गरेको उजुरीमा उल्लेख छ ।
पक्राउ परेका वडाध्यक्ष अधिकारीमाथि सार्वजनिक पद धारण गरेको व्यक्तिबाट भएको जातीय दुव्यवहार र भेदभावविरुद्धको कानूनअनुसार ५० प्रतिशत बढी सजाय माग गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।
टिप्पणीहरू