गोर्खामा आजदेखि गुर्जुको पल्टन,सबै सुरक्षा प्रमुख सामेल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज गोरखामा पृथ्वीनारायण शाहको शालिक अनावरण गर्ने हुनुभएको छ । गोरखामा स्थापना गर्न लागिएको पृथ्वीनारायण शाहको शालिक सङ्गै त्यहाँ आजदेखि शार्दुलजंग गणका १५ जना कालो पोशाकधारी सिपाही तैनाथ हुनेछन् ।
प्रधानमन्त्री मध्यान्ह १२ बजे सैनिक हेलिकोप्टरमा बालुवाटारबाट जाने र प्रधान सेनापति प्रभुराम शर्माको दम्पत्तिचाहिँ अन्य सबै सुरक्षा निकायका प्रमुखसँग २ बजे गोरखा जाने कार्यक्रम छ । शार्दुलजंग गणले पृथ्वीनारायण कालिन गुुर्जुको पल्टनका १५ जना सैनिकलाई शालिक रहेकोे ठाउँमा आजदेखि तैनाथ गर्दैछ । उनीहरुले कालो पोशाकमा सजिएर भरुवा बन्दुक समाउँछन् । प्रायः राजधानीमा आयोजित धार्मिक तथा सांस्कृतिक कार्यक्रममा यो पल्टन सहभागी हुने गरेको छ ।
अबदेखि पृथ्वीनारायण शाहले नेपाल एकीकरणको क्रममा खडा गरेका मुलकका विभिन्न गढीमा पनि उनै गुर्जुका पल्टन तैनाथ हुनेछन् ।
टिप्पणीहरू