पनौतीको खोला किनारमा मृत भेटिएका पुरुषको पहिचान खुल्यो
काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नम्बर ४ को पुण्यमाता खोला किनारमा भेटिएको लाशको पहिचान खुलेको छ। उक्त लाश सोही नगरपालिकाको ठाडोबाटो भन्ने ठाउँका राजकुमार श्रेष्ठको रहेको बताइएको छ।
नगरपालिकाको पशुपति मन्दिर र बसपार्क मानेश्वरी मन्दिर वीचमा रहेको पुण्यमाता खोला किनारमा राजकुमारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका डिएसपी ढुण्डीराज न्यौपानेले जनआस्थालाई जानकारी दिनुभयो ।
डिएसपी न्यौपानेका अनुसार राजकुमार गाडीमा सहचालकका रुपमा काम गर्दै आएका थिए । शरिरमा घाउ,चोट नदेखिएको प्रहरीले जनाएको छ। राजकुमारका २ सन्तान र एक श्रीमती छन् । मृतकका श्रीमती सुनिता श्रेष्ठका अनुसार राजकुमार हिजो साँझ मासु किन्न भन्दै घरबाट निस्किएका थिए ।
टिप्पणीहरू