सुनिल केसी चुनिए सीईओहरुको अध्यक्ष

सुनिल केसी चुनिए सीईओहरुको अध्यक्ष

नेपाल बैंकर्स संघको अध्यक्षमा सुनिल केसी चुनिएका छन् । वाणिज्य बैंकहरुको छाता संगठनको रुपमा रहेको नेपाल बैंकर्स संघमा यसअघि उपाध्यक्ष रहेका एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत केसी आजदेखि अध्यक्ष बनेका हुन् । 

ठमेलस्थित होटल एलफ्टमा आयोजित विशेष साधारण सभाले उनलाई अध्यक्षमा सर्वसम्मत छानेको हो । यसअघि संघका अध्यक्षमा कृषि विकास बैंकका अनिलकुमार उपाध्याय थिए । उनले पुस १० गतेदेखि बैंकबाट अवकाश पाएकाले अध्यक्ष पद रिक्त भएको हो । 

तीन दशकदेखि नेपाली बैंकिंग क्षेत्रमा रहेका केसी २०७३ देखि उक्त बैंकको सीईओ छन् । उनी अध्यक्ष बनेपछि रिक्त उपाध्यक्ष पदमा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालालाई चयन गरिएको छ ।

टिप्पणीहरू