खाँडादेवीमा दिउँसै लुटपाट, कान लुछेर भागेका तामाङ समातिए
रामेछापको खाँडादेवी-७ बतासेमा दिउँसै लुटपाट भएको छ । सुन लुटेको आरोपमा सुनापतिका एक जना पक्राउ परेका छन् ।
प्रहरीले सुनापती गाउँपालिका-२ फलामे पोखरी सामुदायिक वनबाट सोही पालिकाको वडा नं ३ हिलेदेवी बस्ने २४ वर्षीय सोम बहादुर तामाङलाई लुटपाटको आरोपमा समातेको हो । उनलाई हिजो दिउँसो कानमा लगाउने दुई थान सुनको रिङसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
प्रहरीका अनुसार बतासेकी ३५ वर्षीय सिता मगरले घरको ढोका बन्द गर्ने क्रममा एक्कासि आएर पछाडिबाट दुई वटा कानमा लगाएको सुनको रिङ लुटेर तामाङ फरार भएका थिए । लगत्तै अस्थायी प्रहरी चौकी गाल्पाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा लुटिएको सामाग्रीसहित आरोपितलाई समातेको हो ।
टिप्पणीहरू