मान्छे मारेर भागेका गोकुल १८ वर्षपछि पक्राउ

मान्छे मारेर भागेका गोकुल १८ वर्षपछि पक्राउ

रुपन्देहीको मायादेवी गाउँपालिका–७ का भीमबहादुर यादवको हत्या आरोपित १८ वर्षपछि समातिएका छन् । हत्यापछि फरार रहेका गोकुल यादव भनिने रामनरेश यादवलाई नेपाल प्रहरीको अनुसन्धान टोलीले आज पक्राउ गरेको हो । 

मायादेवी घर भई ललितपुर महानगरपालिका–२५, नख्खुडोल भैंसेपाटी बस्ने ४३ वर्षीय यादवलाई लुकेर बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यादवमाथि २०६१ वैशाख २८ गते राति भीमबहादुरलाई कुटपिट तथा छुरासमेत प्रहार गरी हत्या गरेको आरोप छ । 

प्रहरीले अभियुक्तलाई आवश्यक कारबाहीको लागि शुक्रबार नै जिल्ला प्रहरी कार्यालय रूपन्देही पठाएको रुपन्देही प्रहरी नायव निरीक्षक किरण केसीले बताए ।

टिप्पणीहरू