नाबालिकामाथि २५ वर्षेद्वारा पटक पटक करणी

नाबालिकामाथि २५ वर्षेद्वारा पटक पटक करणी

सोलुखुम्बुमा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । सोलुदुधकुण्ड नगरपालिका २ का २५ वर्षीय विक्रम श्रेष्ठलाई उक्त आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

स्थानीय १५ वर्षीया बालिकालाई पटक पटक करणी गरेको अभियोगमा श्रेष्ठलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक राम किशोर साहले जानकारी दिएका छन् ।

पक्राउ परेका युवकमाथि जरबजस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू