लेबनानबाट फर्कियो सेनाको टोली

लेबनानबाट फर्कियो सेनाको टोली

लेबनानमा तैनाथ नेपाली सेनाको शान्ति सैनिक टोली स्वदेश फर्केको छ । संयुक्त राष्ट्र संघले शान्ति स्थापनार्थ तैनाथ गरेको नेपाली सेनाको एउटा टोली आज बिहान काठमाडौं आइपुगेको हो ।

पुरानो गोरख गण (शान्ति सेना) को ६४ औं डफ्फा पहिलो रोटेसन फ्लाइट अन्तर्गत नेपाल वायुसेवाको उडानमा आएको हो । उडान नम्बर आरए २४१३ मा प्रमुख सेनानी अनिल बुढाथोकीको कमाण्डमा नफ्रि २२१ जना, बिदामा १ जना र डेलिकेसन टिम ११ जना गरी २३२ जना स्वदेश फर्केको हो ।

 

टिप्पणीहरू