दुर्घटनाग्रस्त विमानमा ५३ जना नेपाली, १५ विदेशी

दुर्घटनाग्रस्त विमानमा ५३ जना नेपाली, १५ विदेशी

पोखरामा भएको यति एअरलाइन्सको एटीआर विमान दुर्घटनामा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य परेका छन् । तीमध्ये ५३ जना यात्रु नेपाली र १५ जना विदेशी रहेको बताइएको छ ।

विदेशीमध्ये पाँच जना भारतीय, चार जना रुसी र दुई जना कोरियाली नागरिक भएको विवरण प्राप्त भएको छ । त्यसैगरी आयरल्याण्ड, अष्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका एक एक जना नागरिक पनि दुर्घटनाग्रस्त विमानमा रहेको बताइको छ ।

त्यसैगरी ६८ जना यात्रुमध्ये ४१ जना महिला र २७ जना पुरुष तथा तीन जना बालबालिका रहेको बुझिएको छ ।

टिप्पणीहरू