स्काइ ट्रकमा ल्याइयो २३ शव, आफन्तलाई चिन्न मुश्किल

स्काइ ट्रकमा ल्याइयो २३ शव, आफन्तलाई चिन्न मुश्किल

पोखरामा अस्ति भएको यती एअरलाइन्सको एटीआर विमान दुर्घटनामा निधन भएकामध्ये २३ वटा शव आज काठमाडौं ल्याइएको छ । नेपाली सेनाको स्काई ट्रकमा ल्याइएका ती शव आगोले डढेका र अंगभंग भएकाले चिन्न मुश्किल पर्ने अवस्थामा रहेको बताइएको छ । 

सेनाको कासा एनए ०६२ स्काइ ट्रकमा ल्याइएका २३ शवमध्ये १४ जना पुरुषको रुपमा चिनिन्छन् । पाँच जना महिला रहेको र चार वटा शवको लिंगसमेत पहिचान गर्न नसकिने अवस्था रहेको छ । तीमध्ये एउटा शव हड्डी पनि जलेको अवस्थामा ल्याइएको छ । जनआस्थालाई प्राप्त विवरणअनुसार पुरुष र महिला छुट्टिएका १९ शवमध्ये सबैको शरीरका पूरै अंग जलेको अवस्थामा छन् । केही सम्पूर्ण भाग क्षतविक्षत भएको अवस्थाका पनि छन् ।

एउटा लाश पूरै जलेको तर १० टुक्रा हड्डी बाँकी रहेको अवस्थामा भेटिएको हो । त्यो पनि डिएनए परीक्षणको निम्ति आज काठमाडौं ल्याइएको हो ।

टिप्पणीहरू