वर्षमानको अवस्था बुझ्न उपराष्ट्रपति अस्पतालमा

वर्षमानको अवस्था बुझ्न उपराष्ट्रपति अस्पतालमा

उपराष्ट्रपति नन्दबहादुर पुन नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नुभएको छ । गत सातादेखि उपचाररत पुनको स्वास्थ्य अवस्था बुझ्न उपराष्ट्रपति पुल्चोकस्थित सुमेरु अस्पताल जानुभएको हो ।

उपराष्ट्रपति सवा ८ बजे अस्पताल आउनुभएको त्यहाँका पब्लिक रिलेसन्स अफिसर बिनोद आचार्यबाट पुष्टि भएको छ । एक किसिमको दुर्लभ जण्डिस रोगबाट ग्रसित नेता पुनले दुई पटक चीनमासमेत उपचार गराइसक्नुभएको छ । उहाँ पछिल्लो पटक गृह जिल्लामा छँदा पेटको समस्या बल्झिएपछि हेलिकोप्टरमा काठमाडौं आएर उक्त अस्पतालमा भर्ना हुनुभएको हो । 

पेटमा जमेको पानी अस्ति निकालिएको चिकित्सकहरुले बताएका छन् । अहिले पुरानो रोग जण्डिस नबल्झिएको पारिवारिक स्रोतको भनाइ छ । उहाँलाई देखिएको जण्डिसलाई चिकित्सा क्षेत्रमा सिग्ल्रार नाजार सिण्ड्रोम टाइप २ नाम दिइएको छ ।

चीनअघि उहाँको थाइल्याण्डको राजधानी बैंककमा पनि उपचार गरिएको थियो । तर त्यहाँ रोगको निदान नभएपछि चीन जानुपरेको हो ।

टिप्पणीहरू