राजधानीमा स्वास्थ्य सामग्रीसम्बन्धी एक्स्पोको तयारी
राजधानीको भृकुटीमण्डपमा ‘दोस्रो नेपाल फर्मा एण्ड हेल्थ इन्टरनेशनल एक्स्पो, २०२३’ हुने भएको छ । मिडिया स्पेस र फ्युचरएक्सको संयुक्त आयोजनामा भोलिदेखि आइतबारसम्म एक्स्पो गर्न लागिएको हो ।
औषधि चिकित्सा, सर्जिकल अस्पताल र अन्य स्वास्थ्य उद्योगहरुलाई लक्षित गरेर विशेष कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ । एक्स्पोमा स्वास्थ्यसँग सम्बन्धित नयाँ मेडिकल तथा हेल्थकेयर सामग्रीका बारेमा धेरै जानकारी लिन सकिने आयोजकको भनाइ छ ।
त्यस्तै, नयाँ आपूर्तिकर्ता, खरिदकर्ता र व्यापार गर्न साझेदारको खोजीमा रहेकालाई यो एक्स्पो फाइदाजनक रहेको बताइन्छ । एक्स्पोमा फार्मास्युटिकल्स क्षेत्रका प्रख्यात व्यक्तित्वहरु सहभागी हुने उल्लेख गर्दै आयोजकले यसबाट आफ्नो व्यवसाय उचाइमा पुर्याउनेलगायत विषयमा धेरै ज्ञान लिन सक्ने आयोजकको विश्वास छ ।
टिप्पणीहरू